जर्सी गाई पाए पछि गाँउले दंग
वेलकम खबर
साउन ३, २०७८
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङले १५ लाख रुपैयाँ बराबरको जर्सी गाई वितरण गरेको छ । वडाको पशु विकास कार्यक्रम अन्तर्गत सिम्बुकका ५० परिवारलाई प्रतिपरिवार एउटाका दरले प्रदान गरिएको हो ।
१८ वटा इलाम र फिदिमबाट तथा ३२ वटा सुरुम्खिमबाट खरिद गरेर ल्याइएको वडासदस्य पाशाङ शेर्पाले बताए । उन्तत जातको जर्र्सी गाईको बाछा वितरण गरिएको हो । यी प्रजातिका गाईले दूध धेरै दिने हुँदा स्थानीयको आयआर्जनमा टेवा पुग्ने शेर्पाले बताए । सिम्बुकका स्थानीयको मुख्य पेशा पशुपालन हो । उनिहरुले दूधबाट छुर्पी, ध्यू उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।



















