पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

वेलकम खबर
साउन ३, २०७८

काठमाडौ । पुनस्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा प्रतिनिधिसभा पुनस्स्थापना गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा जेठ ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गराएकी थिइन् ।
बैठक नयाँ बानेश्वरमा अपरान्ह ४ बजे बस्नेछ । बैठकको सम्पूर्ण तयारी सकिएको छ ।यसै गरी आज राष्ट्रिय सभा बैठक पनि चार बजे बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*