ताप्लेजुङका किसानले अलैंची बेचेरै कमाए १ अर्ब ३५ करोड

वेलकम खबर
साउन २, २०७८

ताप्लेजुङ । ताप्लेजुङको अलैंची जोनले ढाकेको क्षेत्रमा उत्पादित अलैंचीको बिक्रीबाट पछिल्लो एक वर्षमा किसानले १ अर्ब ३५ करोड रुपैयाँ बढी आम्दानी लिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन ताप्लेजुङले शनिबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो ।

वरिष्ठ कृषि विकास अधिकृत शम्भुप्रसाद देवका अनुसार जोनले ढाकेको क्षेत्रबाट २ हजार ६ मेट्रिक टन अलैंची उत्पादन भएकामा २ हजार मेट्रिक टन बिक्री भएको छ ।आन्तरिक खपत कम हुने भएकोले करिब ६ मेट्रिक टन अलैंची मात्र ताप्लेजुङमा खपत भएको देवले तथ्यांक प्रस्तुत गरे ।

अलैंची जोनले ताप्लेजुङमा ३ हजार ७ सय हेक्टर क्षेत्रफल ओगटे पनि ३ हजार ४ सय हेक्टर मात्र उत्पादनशील क्षेत्र रहेको उनले जानकारी दिए ।
फुङ्लिङ नगरपालिकाका ११ वटै वडा, मैवाखोला गाउँपालिकाका ६ वटै वडा, मिक्वाखोलाका ५ वटै वडा, फक्ताङ्लुङका ७ मध्ये वडा नम्बर ७ ओलाङ्चुङगोलाबाहेकका ६ वटा, आठराई त्रिवेणीका वडा नम्बर ३, ४ र ५ गरी ३ वटा वडा, पाथीभरा याङ्बरक गाउँपालिकाको वडा नम्बर १ र ३ गरी २ वटा वडा, मेरिङ्देनको वडा नम्बर ३ खाम्लुङबाहेक बाँकी ५ वटा वडा र सिरिजंगाको वडा नम्बर ६ मामाङ्खे गरी यहाँका ६१ मध्ये ३९ वटा वडामा जोन कार्यक्रमको कार्यक्षेत्र छ ।
जोनको कार्यक्षेत्र सिदिङ्वा गाउँपालिकाका कुनै पनि वडामा छैन । यसबाहेक बाँकी ८ स्थानीय तहका कुनैमा पूरै वडा र कुनैमा आशिंक वडा अलैंची जोनको कार्यक्षेत्रभित्र समेटिएका छन् ।

पुँजीगतमा शतप्रतिशत खर्च, चालूमा बचत
सामान्यतया अधिकांश सरकारी तथा गैरसरकारी संस्थाको चालू बजेट पूरै र पुँजीगत बजेट कम खर्च हुने गर्छ । तर, अलैंची जोन कार्यान्वयन इकाइ ताप्लेजुङको नतिजा भने ठीक उल्टो भएको छ । जोनले पुँजीगत बजेट शतप्रतिशत खर्च गरेको छ भने चालू बजेट करिब ८३ प्रतिशत मात्र खर्च गरेको छ ।
वरिष्ठ कृषि विकास अधिकृत देवका अनुसार ३३ लाख ७० हजार पुँजीगत बजेट रहेकामा यो शतप्रतिशत खर्च भएको हो । यस्तै, ३ करोड ७० लाख ५६ हजार चालू बजेट रहेकामा ८२।८४ प्रतिशत अर्थात् ३ करोड ७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत ९उपसचिव० १ सहित १३ जनाको दरबन्दी रहेकामा शाखा अधिकृत वा सोसरहका २ जना कृषि अधिकृतबाहेक ११ जनाको पदपूर्ति भएको छ ।
अहिले लेखापाल १, नासु १, नायब प्राविधिक सहायक ९करार० ४, हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी १३ मध्ये ११ जनाको पदपूर्ति भएको अलैंची जोन कार्यान्वयन इकाइ ताप्लेजुङले जनाएको छ ।
५ वटा कार्यक्रम सञ्चालन
अलैंची जोनले स्थानीय तहको लागत साझेदारीमा बीउ स्रोत केन्द्र स्थापना, जोन सञ्चालनका लागि चक्लाबन्दीमा सहकारी, निजी क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन गरी ५ वटा कार्यक्रम सञ्चालन, गत वर्ष विस्तार भएको क्षे त्र९ताप्लेजुङका २३० र यो वर्ष विस्तार भएको क्षेत्र ९पाँचथरका १४० गरी ३७ वटा पूर्वाधार निर्माणका काम भएका छन् ।

प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन सञ्चालन अनुदान, कृषि यान्त्रिक उपकरण तथा प्राथमिक प्रशोधन सामग्री ९अलैंची सुकाउने भट्टी ४० वटा र ३७ जना लाभग्राहीलाई मेसिनरी औजार० वितरण, स्थानीय तहको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापनासमेत सम्पन्न भएको जोनले जनाएको छ ।
जोनले फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ लिङखिममा परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका र नोबल सहकारी संस्थाको साझेदारीमा टिस्यु कल्चर ल्याब स्थापना गरिएकालाई यो अवधिकै अनुकरणीय कामको रूपमा चित्रित गरेको छ ।
प्रगति समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, अलैंची जोन सञ्चालक समिति अध्यक्ष दिनेश अधिकारीसहितका पदाधिकारी, डिभिजन वन अधिकृत वीरेन्द्र साह, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलगायत उपस्थित थिए ।palikhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*