सांसद स्वतन्त्र हुने भए पार्टी किन चाहियो : मन्त्री राई
ताप्लेजुङ । १ नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री उषाकला राईले अदालतले कु गरेको आरोप लगाएका छन । उनले ‘अदालतले प्रधानमन्त्री तोक्ने होभने निर्बाचन किन गर्नुपर्यो, जनतामा किन जानुपर्यो भन्दै ‘सांसद स्वतन्त्र हुने हो भने पार्टी किन चाहियो, संगठन किन चाहियो भन्दै प्रश्न गरे।
पाथीभरा दर्शन पछि ताप्लेजुङ सदरमुकाम फुङलिङको एक कार्यक्रममा मन्त्री राईले सो कुरा बताएका हुन ।
मन्त्री राईले गलत अभ्यासवाट बनेकाले काग्रेसलाई पनि खुसी नहुन आग्रह नेताहरुले गल्ती कमजोरी सच्याएर अघि बड्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले आफ्नै घरमा आगो लगाउनेस“ग खुट्टा नकमाउन सुझाएका थिए । ताप्लेजुङमा रहेको धार्मिक स्थल पाथीभरा दर्शन गरेर फर्कने क्रममा सदरमुकाम फुङलिङ आएकी राई पार्टी कार्यालय आउन अस्वीकार गरेपछि प्याकुरेलले नगरपालिकामा बोलाएर आक्रोस पोखेका हुन ।
‘तपाइलाई मैले पहिलो पटक देखेको पहिलो पटक भेटेको हो,’ मेयर प्याकुरेलले थपे, ‘पार्टीको कुन खेमाको हो मलाई थाहा छैन, आफ्नै घरमा आगो लगाउने माधव नेपालहरुस“ग खुट्टा कमाउनु जरुरी छैन ।’ उनले बोली र ब्यवहारमा प्रष्ट हुनुपर्नेमापनि जोड दिए । एमालेको ओली समुहले सुक्रवार विहान ८ वजे पार्टी कार्यालयमा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा पत्रकारलाईपनि बोलाइएको थियो । तर पार्टीमा नआउने नगरपालिकामा आउने भएपछि प्याकुरेलले पार्टीका कार्यकर्ता र पत्रकारलाई नगरपालिकाको सभाहलमा बोलाएका थिए ।
मन्त्री राईले भने ताप्लेजुङमा कता कता अप्ठेरो भएको वताइन । ताप्लेजुङमा ओली र नेपाल समुहका छुट्टाछुट्टै पार्टी कार्यालय रहेको छ । एमाले र माओवादी पार्टी एकिकरण हुनु अघिसम्मका अध्यक्ष वलवहादुर साम्सोहाङ नेतृत्वको पार्टी कार्यालय बिरेन्द्र चोकमा छ भने ओली समुहले चयन गरेका जिल्ला अध्यक्ष भुपेन्द्र थेवे नेतृत्वको पार्टी कार्यालय तोक्मे डाडा“मा छ । श्रोतका अनुसार राईलाई प्रदेश सांसद समेत रहेका साम्सोहाङलेपनि आफुरहेको पार्टी कार्यालयमा आउन अनुरोध गरेका थिए ।




















