आज ९ : ५७ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवा बालुवाटार सर्दै

वेलकम खबर
साउन १, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्दैछन् । प्रधानमन्त्री देउवा आज विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सर्ने उनको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*