मन्त्रिपरिषद् बैठक बस्दै

वेलकम खबर
असार ३१, २०७८

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक दिउँसो २ बजेका लागि बोलाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गरेका थिए । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*