पाथीभराको विकासका लागि सहयोग
ताप्लेजुङ । झापाको दमकस्थित धर्म दर्शन फाउण्डेसनले पाथीभरा क्षेत्रको विकासका लागि सहयोग गरेको छ ।
मंगलबार नगद १७ लाख रुपैयाँ र ५४ थान ब्लाङ्केट प्रदान गरेको हो । पाथीभरा देवी मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेलाई फाउण्डेसनका पदाधिकारीले मन्दिरमै रकम र ब्लाङ्केट हस्तान्तरण गरेका हुन् । उक्त रकम काफ्लेपाटीमा तिर्थयात्रीका लागि विश्रामस्थल निर्माण गर्ने प्रयोजनका लागि प्राप्त भएको समितिले जनाएको छ ।
गाडीको अन्तिम बिन्दु काफ्लेपार्टीमा विश्रामस्थल नहुँदा तिर्थयात्रीलाई समस्या हुने गरेको छ । अब त्यो समस्या समाधान गरिने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए ।



















