देउवाले लिए प्रधानमन्त्रीमा सपथ

वेलकम खबर
असार २९, २०७८

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीमा सपथ लिएका छन्।

देउवाले पाँचौँपटक मुलुकको प्रधानमन्त्रीमा सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच सपथ गराएकी हुन्।

उनीसँगै माओवादी केन्द्रबाट जर्नादन शर्मा र पम्फा भुसाल तथा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडले पनि मन्त्रीपदमा सपथ लिएका छन् ।जसमा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, गृहमन्त्री बालकृष्ण खाँड र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । उनीहरु सबैले आजै सपथ लिएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ कांग्रेस सभापति देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो। सोही फैसला अनुसार राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीको सपथ गराएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*