एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

वेलकम खबर
असार २९, २०७८

 काठमाडौं ।नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले आज (मंगलबार) दिउँसो १ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

बालुवाटारमा बस्ने बैठकमा एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि स्थायी कमिटी बैठकमा जान सक्ने सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*