मंगलबार देउवासहित पाँच मन्त्रीले शपथ लिने, माओवादीबाट दुई मन्त्री

वेलकम खबर
असार २८, २०७८

काठमाडौं ।  मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । देउवाले शपथ लिएसँगै पाँच मन्त्रीले शपथ लिने तयारी रहेको बुझिएको छ ।

मन्त्रिमण्डलमा पहिलो चरणमा माओवादीबाट दुईजना मन्त्री बन्ने भएका छन् । त्यस्तै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्रीमा नियुक्त हुने सम्भावना छ । कार्की यसअघि पनि अर्थमन्त्री भइसकेका छन् ।  माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा चर्चामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*