मन्त्रिपरिषदको बैठक बस्दै
वेलकम खबर
असार २८, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।
सोमबार दिउँसो सर्वोच्चको प्रतिनिधिसभा विघटनलाई बदर ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने फैसलापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्दैछ ।



















