१० बुँदे सहमति स्वागतयोग्य- योगेश भट्टराई

वेलकम खबर
असार २८, २०७८

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले आइतबार गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन्।

आइतबार राति सामाजिक सञ्जालमार्फट उनले सहमतिको स्वागत गरेका हुन्। ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ’, उनले भनेका छन्, ‘यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’
चौध घन्टासम्म चलेको म्याराथन बैठकपछि एमाले कार्यदलले आइतबार दसबुँदे सहमति गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*