ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

वेलकम खबर
असार २७, २०७८

काठमाडौंं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ ।बैठकमा २०७५ जेठ २ गतेअघिका केन्द्रीय सदस्यलाई बोलाइएको बताइएको छ ।बैठकमा के छलफल गर्ने भन्ने खुलाइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*