आज बूढानीलकण्ठमा देउवा र सिटौलाबीच भेटवार्ता हुँदै

वेलकम खबर
असार २७, २०७८

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता हुँदैछ ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो तीन बजे देउवा र सिटौलाबीच बूढानीलकण्ठमा छलफल हुन लागेको हो ।

पार्टीको राष्ट्रिय राजनीति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न देउवाले सिटौलालाई आफ्नो निवासमा बोलाएको बुझिएको छ ।

शुक्रबार संस्थापन इतर पक्षमा सभापति आकांक्षी देखिएका नेताहरुबीच छलफल भएपछि देउवाले आज सिटौलासँग संवाद गर्न खोजेको देखिन्छ ।

देउवा भर्सेस संस्थापन इत्तर पक्षको एकल उम्मेदवार बाउने उद्देश्यसहितको छलफलमा सिटौला पनि सहभागी थिए । आज देउवाले सिटौलासँग कुराकानी गर्नु खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

साथै प्रतिनिधिसभा विघटनको मुद्दामा भोलि सर्वोच्चमा अन्तिम सुनुवाई हुन लागेकाले पनि देउवाले सिटौलासँग संवाद गर्न लागेका हुन् ।

छलफलका सर्वोच्चबाट आउने सम्भावित फैसला र आगामी रणनीतिबारे देउवा र सिटौलाबीच छलफल हुन लागेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*