सगरमाथामा ताप्लेजुङ सरोकार केन्द्र

वेलकम खबर
असार २६, २०७८

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको संस्थागत लोगो सहितको झण्डा पुर्याईएको छ ।
फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पियन एभरेष्ट एक्सपी डिशन २०२१ अभियान लिएर बाबुछोराले ‘प्रकृति जोगाउँ जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने सन्देश विश्वलाई दिदै १७ वर्षिय सोनाम शेर्पा र उनका वुवा पुर्णकुमार शेर्पा पिके सँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन। आरोहि पुर्णकुमार शेर्पा (पिके) मैवाखोला गाउँपालिका साँघु, ताप्लेजुङका स्थायी वासिन्दा हुन उनी ताप्लेजुङ सरोकार केन्द्रका कार्यसमिति सदस्य तथा सोनाम शेर्पा साधारण सदस्य हुन ।

जलवायु परिवर्तन सम्वन्धि अभियानको सन्देश लिएर सगरमाथा सहित विश्वका सातै महादेशका उच्च हिमाल समेत आरोहण गर्ने योजना वावुछोराले बनाएकाछन । त्यसका लागि सोनामको उमेर १६ वर्ष पूरा हुने अवधि उनीहरूले पर्खिनु थियो । गत फागुन १५ फेब्रुअरी २७  मा सोनाम त्यो उमेर पूरा गरी १७ वर्ष लागेका थिए र २०२१ मे २३ तारिक विहान ७:३० वजे सर्वोच्च शिखर सरगरमाथाको चुचरोमा पुगेका थिए । सोनामका वुवा पुर्णकुमार शेर्पा ९पिके०ले सन् २०१० र २०११ मा गरी दुई पटक सगरमाथा आरोहण गरिसकेका छन र उनकै पहलमा १ हजार ८ सय केजी फोहोर र पाँच शव सगरमाथाबाट उठाएर ल्याइएको थियो । प्रकृतिलाई जोगाउन व्यक्तिको जति भूमिका हुन्छ, नेपाल सरकार अझ धेरै जिम्मेवार हुनुपर्ने तर्क वुवाछोरा राख्दछन ।

विश्वमा जलवायु परिवर्तनले ठुलो संकट पैदा हुँदै गएकोले अब विश्वका सवै नागरिक सचेत हुनुपर्ने भएकोले यश अभियानका अभियान्ता वावुछोरालाई ताप्लेजुङ सरोकार केन्द्रले सहयोग गरेको केन्द्रका उपमहासचिव तथा कार्यालय प्रमुख सन्तोष मादेन वताउछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*