योगेश भट्टराईको समन्वयमा ताप्लेजुङमा फेरि २० वटा विद्यालय बन्दै

२० वटा माविमा कम्युटर ल्याब बनाउने
वेलकम खबर
असार २३, २०७८

काठमाडौ । ताप्लेजुङका २० बटा निम्न माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । मैवाखोला गाँउपालिकाको साँघुमा रहेको सरस्वती निमाविको नयाँ भवनको निर्माण र शैक्षिक सुधारका लागि सोमवार प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको उपस्थितिमा युनाईटेड वल्ड स्कुलका सुर्य कार्की, वडाध्यक्ष दिवस चोङ्बाङ, प्रधान अध्यापक र विद्यालय ब्यबस्थापन समितिका अध्यक्षका बिच कार्यक्रम समझदारी पत्रमा हस्ताक्षर गरेपछि ताप्लेजुङका निमावि भवन बनाउने कार्य शुरु भएको हो ।

त्यस्तै सिद्धकाली निमावि थिङलाबु र युनाईटेड वल्ड स्कुलका बिद्यालयका प्र अ, ब्यबस्थापन समितिका अध्यक्ष र वडाध्यक्ष लाक्पा शेर्पाका बिचमा समझदारी सम्पन्न भएको हो ।
सो संस्थाले दुई बर्ष भित्रमा स्थानीय तहले छनौट गरी पठाएपछि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको शिफारिसमा ताप्लेजुङको २० बटा निमावि विद्यालय निर्माण सम्पन्न गर्नेछ । । सो संस्थाले ताप्लेजुङका २० वटा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब निर्माण गर्ने सहमति भएको छ । भट्टराईको समन्वयमा हुमन प्राक्टीस फाउन्डेसनले ताप्लेजुङका ६० माविको निर्माणको कार्य गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*