ताप्लेजुङका दुई विद्यालयलाई कम्युटर हस्तान्तरण
ताप्लेजु । नेकपा एमाले काठमाडौं जिल्ला सदस्य प्रदिप केसी मार्फत प्राप्त ९ थान कम्प्युटर ताप्लेजुङको दुई विद्यालयलाई प्रदान हस्तान्तरण गरिएको छ ।
ताप्लेजुङका महेन्द्र मा बि फाकुम्बलाई ५ थान र पाटी डाँडा माबीलाई ४ थान सम्बन्धित बिद्यालयका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गदै भट्टराईले सो दुई वटै विद्यालय कम्प्युटर ल्याब बनाउने प्रकृया शुरु भएकोले थप कम्युटर ब्यवस्थापन गरिदिने समेत बताउनुभयो । भट्टराईले यस अघि पनि ताप्लेजुङका विभिन्न विद्यालयलाई कम्युटर हस्तान्तरण गर्नु भएको थियो ।




















