भिरबाट लडेर ताप्लेजुङमा मृत्यु
वेलकम खबर
असार २२, २०७८
लाक्पादिकी शेर्पा
मेरिङदेन । (ताप्लेजुङ) मेरिङदेन गाउपालिका २ सान्थाक्राका ५२ वर्षिय रिङजिङ शेर्पाको लडेर मृत्यु भएको छ ।
भागदले साइलाको नामले परिचित उनको घरछेउको भिरवाट करिव २५ मिटर तल झर्दा मृत्यु भएको परिवारले जनाएका छन । श्रीमती र अरु आफन्तसगै थिङलाबुको ओख्राबुमा भएको बिबाह भोजमा सहभागी भएर फर्कने क्रममा लडेका थिए ।
घाइते उनलाई सगैं रहेका आफन्तले उठाएर घरमा पुर्याएपनि अस्पताल लैजाने तयारी गर्दैगर्दा ज्यान गएको हो । उनको शव पोष्टमार्टमकालागी जिल्ला अस्पताल लगीएको सान्थाक्रा प्रहरी चौकिका हवल्दार देवी खवासले जानकारी दिए ।



















