ताप्लेजुङको दोभान बजार अग्नी पीडीतहरुलाई बाडियाे २१ लाख

वेलकम खबर
असार २१, २०७८

ताप्लेजुङ। ताप्लेजुङको दाेभानकाआगलागी पीडितलाई राहत रकम वितरण गरिएकाे छ । ताप्लेजुङ सराेकार केन्द्र, ताप्लेजुङ समाज  नेपाल र पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य याेगेश भट्टराईकाे पहलमा काठमाडौंमा संकलन भएकाे २१ लाख चाहजार रकम पूर्वमन्त्री भट्टराईले साेमवार मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चाेङवाङलाई हस्तान्तरण गर्नु भएकाे छ ।

उक्त राहत संकलन गर्न योगेश भट्टराईको संयोजकत्वमा एक समिति काठमाडौ बनाईएको थियो। र सरोकार केन्द्रको तर्फबाट समन्वय गर्नका लागि शिवकुमार गुरूङ संयोजक रहनु भएको ‘दोभान बजार अग्नि पिडीत राहत सहयोग समन्वय समिति, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं’ गठन गरिएको थियो।

उता ताप्लेजुङ समाज नेपालले कुभ्भकर्ण आपतकालिन राहत कोषका संयोजक युवराज गुरुङको संयोजकत्वमा बनेको समितिले १० लाख १ हजार राहत संकलन गरेको समाजका महासचिव अग्नी पौडेलले बताउनुभयो । दोभानका आगलागी पीडितहरुका लागि देश विदेशबाट  सहयोगी मनकारीहरुले राहत सहयोग गरेको संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्वाहाम्फेले बताउनुभयो ।

यता  सरोकार केन्द्रले अग्नि पीडीत राहत सहयोग अभियानमा दोभान एकता समाज काठमाडौं, ओलाङचुङ समाज कल्याण परिवार, ताप्लेजुङ गुरुङ समाज काठमाडौं , अमर सेनेहाङ, अमेरिका, मिस मंगोल सिभिरा लामा ,दावा सेर्पा र राजु सांबा ईजरायल लगायतकाे सक्रियता र सहभागीता रहेको सराेकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*