शेर्पाको भाषा संरक्षणकालागी स्मारिका प्रकाशन

वेलकम खबर
असार २०, २०७८

लाक्पादिकी शेर्पा
मेरिङदेन (ताप्लेजुङ) – शेर्पाहरुको भाषा, लिपी, धर्म, सस्कृतीलाई संरक्षण तथा सम्वद्र्धन गर्ने उद्धेष्यले शेर्पा स्मारिका प्रकाशन गरिएको छ । मेरिङदेन गाउ“पालिकाको सहयोगमा तयार पारिएको स्मारिकाको गाउ“पालिका अध्यक्ष गणेश बहादुर चोङबाङले बिमोचन गरेका छन । वाड्नं २ सान्थाक्रामा आयोजित कार्यक्रममा बिमोचन गरिएको हो ।

तीन पुस्ते अभिलेख सहित तयार गरिएको स्मारिकामा शेर्पा समुदायले मान्ने धर्म, संस्कार, सस्कृती र पुख्र्यौलीका बिषयमा अभिलेख तयार पारिएको छ । बुढापाकाका अनुभवलाइ पनि स्मारिकामा समेटिएको छ । स्मारिका शेर्पा समुदायका प्रत्येक घरमा पुर्याइने आयोजक संस्थाका अध्यक्ष दावा ओङजु शेर्पाले वताए । हरेक घरमा धेरथोर पढेलेखेका ब्यत्ति भएकाले आफ्नो पुख्र्यौलीको बारेमा जानुन, बुझुन र पढुन भनेर पुर्याइएको ओङजु वताउछन ।
ताप्लेजुङ शेर्पा समाजका अध्यक्ष एबं शेर्पा स्मारिका २०७७ का सम्पादक दावा शेर्पा स्मारिका भावी पुस्ताकालागी ऐतिहासिक दस्तावेज भएको वताउ“छन । ‘बोलेको कुरा बोलुञ्जेल मात्रै सिमित हुन्छ तर छापिएको कुरा पुस्तौंपुस्ता सम्म रहिरहन्छ’ दावाले भने । स्मारिका लेखन तथा प्रकाशन गर्नुअघि यहाका सामग्रीका बिषयमा ब्यापक छलफल गरिएको शेर्पा सञ्चार समुहका अध्यक्ष फुर्वा शेर्पाले वताए । गाउ“, नगर, प्रदेश र केन्द्र सम्मका अग्रज व्यक्तित्वहरु स“गको सल्लाहपछि तीन महिनाका प्रकाशन गर्न सफल भएको फुर्वाले वताए । यो आफुहरुकालागी सिकाइ भएको र अन्यत्रपनि यस्लाई अवलम्वन गर्न सकिने छ्योलिङ गोन्पा मैवाखोला सा“घुका प्रमुख लामा ङिमा शेर्पा, उर्गेन थेग छ्योलिङ गोन्पा मेरिङ्देनका अध्यक्ष साम्याङ शेर्पा बताउ“छन ।
गाउ“पालिकाको सानो सहयोगले गाउ“का यूवायूवतीलाई पत्रकारीता र भाषा पत्रकारीता तालिम दिइनु र स्मारिका प्रकाशन गर्नु उपलब्धी भएको गाउ“पालिका अध्यक्ष लिम्वू वताउ“छन । सानो रकमले गरेको उदाहरणीय कार्यले आफुलाई उत्साही वनाएको भन्दै लिम्वूले आगामी दिनमापनि गाउ“पालिकाले सहयोग गर्नुपर्ने आवष्यकता महसुस भएको वताए । स्मारिका बिमोचन कार्यक्रममा २०७० देखी २०७६ साल सम्म नेपाल शेर्पा संघ मेरिङ्देन गाउ“पालिका २ सान्थाक्रा कार्यसमितिमा आवद्ध पदाधिकारी तथा सदस्यलाई सम्मान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*