ईन्द्रावति खोलामा बगेर दुईजना बालक बेपत्ता

वेलकम खबर
असार २०, २०७८

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ४ थर्पुका दुईजना बालक स्थानीय इन्द्रावती खोलाले बगाएर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा १४ वर्षीय लक्ष्मण योङहाङ र ८ वर्षीय विपल योङहाङ रहेको प्रहरीले जनाएको छ । ६ जनाको समूहमा पौडी खेल्न गएका मध्ये दुईजनालाई खोलाले बगाएको थियो ।

याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेका अनुसार उनीहरुलाई थर्पु बजार पुछार रइराङ हाइड्रो पावर नजिकैबाट खोलाले बगाएको हो ।

सँगै रहेका साथीहरुले गाउँमा खबर गरेपछि स्थानीय र प्रहरीले उनीहरुको खोजी सुरु गरेका छन् । खोजीका लागि थर्पु, अमरपुर र काबेलीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*