ताप्लेजुङमा करेन्टले एक जनाको ज्यान लियो
वेलकम खबर
असार १९, २०७८
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा र सिरिजंगा गाउँपालिकाका ३ वडा वडामा बिद्युत प्रवाह भइरहेको सुन्तले खोला लघु जलबिद्युत आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर ज्यान गएको छ ।
बिद्युत जडानको काममा खटिएका सिरिजंगा गाउँपालिका वडा नं २ बस्ने २० बर्षिय प्रदीप कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो। घटनाका बारेमा बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । यो जलबिद्युत आयोजनाबाट सिदिङ्वा मेहेले र लिम्बूदिन तथा सिरिजंगाको आम्बेगुदिनमा बिद्युत प्रवाह भइरहेको बताइन्छ ।



















