एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, महाधिवेशनको मिति हेरफेरको तयारी

वेलकम खबर
असार १९, २०७८

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन । त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढ्छ,’ उनले भने ।

आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तामाङले बताए । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उनले भने, ‘कात्तिक(मङ्सिरमा चुनावको मिति घोषणा भैसकेको र फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था छ । हामीले पार्टीको महाधिवेशन पनि गर्नुपर्ने छ । आगामी मङ्सिर २ देखि ६ मा हुने भनिएको महाधिवेशनको मितिबारे शनिबारको बैठकबाट पुनर्विचार हुने सम्भावना छ ।’
महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको तामाङको भनाइ छ । आजको छलफलमा पनि माधव नेपाल समूहलाई बोलाइएको तामाङले बताए ।

उनले भने, ‘माधव कमरेडसहितका साथीहरुलाई पनि बोलाएका छौं । आउने नआउने उहाँहरुको कुरा हो । उहाँहरु एमालेमै हुनुहुन्छ ।’ आजको बैठकमा नआए पनि ७२ घण्टाभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए कारबाही हुने तामाङले बताए ।ratopati

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*