योगेश भट्टराईले फेरि पठाए ताप्लेजुङका लागि ठूलो मात्रामा स्वास्थ्य सामाग्री

वेलकम खबर
असार १८, २०७८

काठमाडौ । पछिल्लो समयमा ताप्लेजुङको गाँउगाउमा कोरोना संक्रमितको संख्या दिनै बढि रहेको छ । संक्रमितको संख्या बढेसगै कोरोना नियन्त्रण गर्न सवै एक जुट भएर लागि परेका छन । शुक्रवार मात्रै पूर्व मन्त्री योगेश भट्टराईको समन्वयमा संकलन भएको स्वास्थ्य सामाग्री काठमाडौबाट ताप्लेजुङ पठाउनु भएको छ ।


नेकपा एमालेको सचिव समेत रहनु भएका पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य र भट्टराईको समन्वयमा काठमाडौमा संलकन भएको करिब ५० लाख बरावरको स्वास्थ्य सामग्री ताप्लेजुङ पठाउनु भएको हो ।

ताप्लेजुङ पठाईएको स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन कन्सन्टेटर २१थान,पिपिई ५०० थान,माक्स १० हजार पिस, सेनिटाईजर ५० लिटर,सुजकर्भर ५०० थान,चश्मा ५०० थान,टयाङकी स्प्रे १ थान गरी ५० लाख बरावरको सामाग्री ताप्लेजुङ पठाईएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले बताउनुभयो ।


उक्त सामाग्री सवै गाँउपालिकामा समान रुपले वितरण गर्न जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्ने समेत सचिव गुरागाईले बताउनुभयो । भट्टराईले यस अघि पनि दुई पटक ताप्लेजुङका लागि स्वास्थ्य सामाग्री पठाई सक्नु भएको छ । ताप्लेजुङ भट्टराईको गृहजिल्ला हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*