कारवाही फुकुवापछि ओली र नेपाललाई मिलाउन दोस्रो तहका नेता सक्रिय

वेलकम खबर
असार १६, २०७८

काठमाडौं । नेकपा ९एमाले०ले पार्टी संरचनालाई २०७५ जेठ २ अघिकै संरचनामा फर्काउने घोषणा गरिसकेको छ।

सर्वोच्च अदातलले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताईदिएपछि वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टी पुरानै संरचनामा जानुपर्ने माग गर्दै आएको थियो।

आफ्ठेरोमा रहेका प्रधानमन्त्री केपी शर्मा अ‍ोली पछिल्लो समय आफ्नो पूर्व अडानबाट पछाडि हटेका हुन। बुधबार एमालेले औपचारिकरुपमा महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय समितिको बैठक बोलाएको छ।

सो निर्णयपछि वरिष्ठ नेता माधव कुमार नेपाल लगायतमाथि गरेको कारवाही फुकुवा भएको छ। प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग एकता गरेर अघि बढ्न तयार भएपछि दुवै पक्षका नेताहरु छलफलमा जुटेका छन् ।

ललितपुरस्थित समिट होटलमा ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेल वार्तामा सहभागी छन्। माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन्।

दोस्रो तहका नेताहरुबीच ३ बुँदे सहमति खोज्न छलफल भइरहेको छ। पार्टीका सबै सांगठनिक संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काएर एकताबद्ध रूपमा अगाडि बढाउने, सर्वोच्चले दिने आदेश मानेर अगाडि बढ्ने र ओली कै नेतृत्वमा वर्तमान सरकारलाई निरन्तरता दिने बिषयमा नेताहरुबीच छलफल भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*