जेसुकै भए पनि मूल्यकाे राजनीति छाेडिँदैन : माधव नेपाल

वेलकम खबर
असार १६, २०७८

काठमाण्डाै । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिङ्गो व्यवस्था नै खतरातिर गइरहेकाे बताउनुभएकाे छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा गठबन्धनमा बाेल्दै नेता नेपालले देशकाे राजनीति खतरातिर गइरहेकाे भन्दै देश जोगाउने अभिभारा सबैको भएकाले त्यहीअनुसार योगदान गर्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इङ्गित गर्दै उहाँले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताउनुभयो । राजनीतिक परिर्वतन ल्याए पनि त्यहीअनुसारकाे संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी उहाँले गर्नुभयो ।

नेता नेपालले भन्नुभयो, ‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन सङ्कटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ गइरहेकाे छ । कतिपय अभिव्यक्ति र गतिविधि हेर्दा त्यसले राम्रो सन्देश, राम्रो सङ्केत दिइराखेको छैन । यसर्थ हाम्रो काँधमा निकै ठूलो जिम्मेवारी छ ।’

ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफूहरूको मूल एजेण्डा भएको भन्दै उहाँले आफूले त्यस विषयमा मूल्यको राजनीति नत्याग्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘जेसुकै भए पनि म मूल्यको राजनीति नत्याग्ने भन्न चाहन्छु । विचार, सिद्धान्त, मूल्य र मान्यता । मान्यताका निम्ति जुन देशसँग जोडिएको होस्, नागरिकसँग जोडिएको होस् । समाजको परिवर्तनसँग जोडिएको होस् । यी मान्यता छोडिँदैन । पार्टीका कार्यकर्ताले छुवाछुत महिला हिंसाका विरुद्धमा, समाजमा अन्याय अत्याचारका विरुद्धमा दृढताका साथ उभिने हो भने नागरिक समाजले पनि हातेमालो गर्ने हो भने, राज्य पनि त्यहीअनुसार अगाडि बढ्ने हो भने यी चिजमा परिवर्तन गर्न सकिन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*