न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? : देउवा

वेलकम खबर
असार १६, २०७८

काठमाडौ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको दाबी गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा नेता देउवाले कर्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भएपनि न्यायलय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफूले लिएको बताएका हुन् ।

उनले भने, उहाँ ९प्रधानमन्त्री०ले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरुले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश रु कहाँबाट न्यायालय टिक्ला त रु कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिलेपनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद पनि कहिलेकाहीँ ठप्प गरिदिनसक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ ।

देउवाले ओलीको धम्कीबाट कुनैपनि न्यायाधीशहरु नडराउने विश्वास लिएको र सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडि रहेको पनि बताए । उनले थपे,संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*