एमालेको महाधिवेशन आयोजक समिति भंग, नेपाल पक्षको कारवाही निष्क्रिय

स्थायी कमिटीमा आठ नेता थपिए
वेलकम खबर
असार १६, २०७८

काठमाडौ । नेकपा एमालेको १‍० ‌औँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।

बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब एमालेमा पुरानै संरचना क्रियाशील हुनेछ । प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि डाकिएको जानकारी दिए । आज बसेको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता ज्ञवालीले बताए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वतस् फुकुवा भएको उनको भनाइ छ । यसअघि एमालेका पदाधिकारीहरू यथावत रहने निर्णय भएको छ ।यस्तै, यस्तै बैठकले बरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ लाभको कामना गर्दै उपचार खर्च सरकारले जिम्मा लिएकोमा धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*