प्याज खान नपाएपछि हत्या !

वेलकम खबर
असार १५, २०७८

काठमाडौ । दक्षिण दिल्लीको फतेहपुर बेरीमा सलादमा प्याज कम मिलेपछि आक्रोशित मजदुरले अर्कोलाई चक्कु हानेर हत्या गरेका छन् ।

प्याजको सलाद वितरणलाई लिएर भएको बहसमा खाना दिने ६० वर्षीय बृद्धलाई चक्कु हानेर हत्या भएको हो ।पाँचसय भन्दा बढी मजदुरसँग सोधपुछपछि प्रहरीले हत्यारालाई पक्राउ गरेको छ ।प्रहरीले आरोपीको पहिचान ५९ वर्षीय रियासत अलीका रुपमा भएको छ । हत्यामा प्रयोग गरिएको चक्कु पनि बरामद गरिएको छ ।सोधपुछका क्रममा आरोपीले दिल्लीमा आफू खाना पकाउने काम गर्ने बताएका छन् ।

विभिन्न स्थानमा मजदुरका रुपमा काम गर्ने उनले सलादमा प्याज थोरै पाइएपछि आक्रोशित भएको र अरुसँग विवाद गर्न लागेको प्रहरीले बताएको छ ।अली मूल रुपमा उत्तर प्रदेशको बदायुका हुन् । पछिल्लो ३० वर्षदेखि दिल्लीमा रहँदै आएका थिए ।

प्रहरीले भनेको छ, ‘८ डिसेम्बरमा गोदामको कामका लागि फतेहपुर बेरीको एसबी फार्ममा गएको थिए । जहाँ प्याज वितरणको विषयलाई लिएर पवन नामका अर्का मजदुरसँग उल्झिएका थिए ।’ डीसीपी दक्षिण दिल्लीका अतुल ठाकुरमा अनुसार विवादका क्रममा उनले भान्सामा राखिएको चक्कुले पवनमाथि हमला गरे । चक्कु प्रहारपछि गम्भीर बनेका पवन त्यही ढले र अली फरार भएका थिए ।
उनले उक्त चक्कु घटनास्थलभन्दा केही दूरीमा रहेको खेतमा लुकाएका थिए । प्रहरीले उनलाई पक्राउ गरिसकेपछि हत्यामा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु