एमाले बैठकमा माधव नेपाल बाहिर, बादल भित्र

वेलकम खबर
असार १५, २०७८

काठमाडौ ।नेकपा एमालेको संस्थापन पक्षले भोलि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा बरिष्ठ नेता माधव नेपालसहित ११ नेता बाहेकलाई कित्ताकाट गरेर खबर पठाइएकोले एउटा पक्ष पूरै बाहिर बस्ने भएको छ । बालुवाटार निकट स्रोतका अनुसार नेपालसहित ओलीपक्षले कारवाही गरेका नेताहरुलाई बैठकमा बोलाइएको छैन ।

नेता नेपाल,भीम रावल,मुकुन्द न्यौपाने,रामकुमारी झाँक्रीलगायत पार्टीबाट निश्कासनमा परेका ११ जनालाई बैठकमा नबोलाइएको उक्त स्रोतले बतायो । नेपाल समूहकै अरु नेताहरुलाई भने बैठकको खबर पठाइएको छ ।

नेपाल पक्षका नेताहरु ओलीले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् । पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनेबारे दुवै पक्षका नेताहरु छलफलमा जुटिरहेकै बेला एकाएक आयोजक कमिटीको बैठक बोलाइएकाले आफूहरु सहभागी नहुने वार्तामा सहभागी सो पक्षका एक नेताले बताए ।

अदालतले समेत आयोजक कमिटीको वैध्यतामाथि प्रश्न उठाएको अवस्थामा त्यहि कमिटीको बैठक बोलाएर ओलीले पार्टी एकताको सम्भावना अन्त्य गरेको नेपाल पक्षका नेताहरुको भनाइ छ । ‘हाम्रो मुख्य माग नै पार्टीलाई जेठ २ मा फर्काएर कमिटीहरु क्रियाशील बनाउनुपर्छ भन्ने हो,त्यसको विपरित हुनेगरी उहाँले एकलौटी बनाएको आयोजक कमिटीको बैठकमा हामी जाने कुरा हुँदैन । कसलाई बोलाए, कसलाई बोलाएनन् भन्ने प्रश्न नै होइन’, वैठकबारे जिज्ञासा राख्दा नेपाल समूहका एक नेताले भने ।

बरिष्ठ नेता माधव नेपाल लगायतलाई बैठकबाट आउट गरिएको छ भने ओली पक्षले माओवादी त्यागेर एमालेमा प्रवेश गरेका रामबहादुर थापासहितका पूर्वमाओवादी नेताहरुलाई भने सहभागी गराउने भएको छ ।

एमालेको केन्द्रीय कमिटी जेठ २ को अवस्थामा फर्किंदा पूर्वमाओवादीबाट आयोजक कमिटी सदस्य बनेकाहरु स्वतस् बाहिर हुने अवस्था छ । ओली पक्षले भने नेकपाकै निरन्तरताका रुपमा एमाले फर्किएकाले पूर्वमाओवादी समूह स्वतस् केन्द्रीय कमिटीमा पर्ने तर्क गर्दै आएको छ । भोलिको बैठकको एजेण्डा तय गर्न अहिले बालुवाटारमा स्थायी कमिटीको बैठक बस्दैछ ।janaaastha

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*