माओवादी केन्द्रले कारबाही गरेका जनप्रतिनिधिलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

वेलकम खबर
असार १५, २०७८

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*