बहुला कुकुर अर्थात् माधवसँग बचेको विकल्प !

वेलकम खबर
असार १५, २०७८

काठमाडौ । मदन भण्डारीको जन्म दिनका दिन बालुवाटारमा जनताको बहुदलीय जनवादमाथि छलफल होला ठान्नेहरू मुर्ख सावित भए। सिद्धान्तको आशा गर्नेहरूसामु प्रधानमन्त्री ओलीले बहुला कुकुरको सन्दर्भ उप्काए।

त्यसो त जोसँग जे अनुभव छ त्यसैको कुरा गर्नु अन्यथा भएन। एकता एकता भन्दै कुर्लिरहेको एमालेको मध्यपङ्तिका नेता र भर्खर अवकास पाएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ को प्रस्तावलाई पनि ओलीले एकै वाक्यमा धुलिसात पारिदिए – माधव नेपाललाई प्रधानमन्त्री सिफारिस गर्न बहुला कुकुरले टोकेको छ ? सोझो चिताएका गुरुङ अक्क न बक्क! यता माधव नेपाल भने पार्टी नत्यागी विपक्षी खेमातिर पुग्दा पनि चुक्चुकाइरहेका। बहुला कुकुरको टिप्स पाउँदा ट्याम त धेरै बितिसक्यो नि होइन? pahilopost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*