देउवालाई ‘पत्तासाफ’ गरेर माधव नेपाललाई प्रधानमन्त्रीको अफर !

वेलकम खबर
असार १३, २०७८

काठमाडौं । विपक्षी गठबन्धनका नेताले एकअर्कालाई धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेका वरिष्ठ नेता माधव नेपालले गठबन्धनलाई धोका नदिने प्रतिबद्धता जनाए । शनिबार पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले देउवालाई पत्तासाफ गरेर प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव आइसकेको पनि खुलाए ।

“माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । शेरबहादुरजीलाई बीचमै पत्तासाफ गरिदिउँ तपाईं भइहाल्नुस् ! वाहा क्या गज्जबको प्रस्ताव भनेर झपारेर पठाइदिएँ । माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रोसेस अघि बढेको छ,” उनले भने,“ त्यो प्रोसेसमा धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्च अदालतबाट पछि हट्ने कुनै पनि हालतमा यो प्रोसेसमा जानुछैन ।”

नेता नेपालले ओली सुध्रिए स्वागत गर्न तयार रहेको भन्ने आफ्नो अभिव्यक्तिबारे थपे,“केपी ओलीले गलत नीति अबलम्बन गर्नु भएको छ । गलत विचार बोक्नुभएको छ । गलत चिन्तन उहाँमा छ । गलत प्रवृति छ । यी सबै सुध्रेर  सही बाटोमा जान चाहनुहुन्छ र बुद्ध भएर फर्कनुहुन्छ भने… । रत्नाकर डाँकु बाल्मिकी  बन्न सक्छ भने…। हुनत मलाई त्यति विश्वास छैन,” नेता नेपालको भनाइ थियो ।

नेता नेपालले ओलीले पटकपटकको धोका र चालबाजीले देश नै हैरान बनेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*