एक–अर्कालाई धोका नहुने गठबन्धनका नेताहरूको दावी

वेलकम खबर
असार १३, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णयहरू सर्वोच्च अदालतबाट बदर भैरहेको पृष्ठभूमिमा विपक्षी दलका नेताहरुले छलफललाई तिब्र बनाएका छन् ।

यसक्रममा नेताहरूले शनिबार संसदीय मामिला सम्बन्धि रिर्पोटिङ गर्ने पत्रकारहरूसँग छलफल गरेका छन् ।उक्त छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल लगायत सहमाभि हुनु भयो ।

छलफलको क्रममा विपक्षी दलका नेताहरूले गठबन्धन बलियो बनेकाले एकबाट अर्कोलाई धोका नहुने तथा कुनै पनि नेता केपी शर्मा ओलीको जालमा नफस्ने र गठबन्धन समेत नटुट्ने दावी गर्नु भएको छ ।

त्यसक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले आफूमाथि विभिन्न दुस्प्रचार गरेर आरोप लगाएको भन्दै मन्त्रीहरूको नियुक्ति बदरका सन्दर्भमा अदालतको फैसला पहिले नै थाहा पाएको भनेर ओलीले दुस्प्रचार गरेको बताउनु भयो । यसका साथै उहाँले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प अदालतसामु नरहेको पनि बताउनुभयो । प्रचण्डले संसद् पुनःस्थापना भएर देउवा नै प्रधानमन्त्री हुने विश्वास व्यक्त गर्नुभएको छ । अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आफूले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर केपी ओलीले दुस्प्रचार गरेको पनि बताउनुभयो । अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै दाहालले १४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले देउवालाई प्रधानमन्त्री नबनाई नहुने बताउनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदीय मर्यादा भुलेर काम गरिरहेको आरोप लगाउनु भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिपतिको भूमिकाभन्दा बढी ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाउनु भयो । प्रधानमन्त्रीका लागि आफूले बहुमत सदस्यहरूको हस्ताक्षरसहित दाबी गरेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रपतिले सनाखत गर्ने प्रयास नै नगरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी भएको आरोप लगाउनुभयो । आफूलाई ओलीसँग मिलेको भनेर बेकारमा प्रचार गरिएको आरोप पनि लगाउनुभयो । देउवाले अदालतबाट आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने माग नभएको तर संविधान व्याख्या अदालतले गरिदिनुपर्ने बताउनुभयो । उहाँले माधव नेपाल पक्षलाई कुनै पनि अवस्थामा धोका नहुने बताउनु भयो ।

नेकपा एमालेका नेता माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्न ओलीले अफर गरे पनि आफू तयार नभएको बताउनु भयो । अहिले अर्को दल दर्ता गर्ने सन्दर्भमा कुनै सम्भावना नरहेको र एमालेभित्रै विद्रोह गरेर बस्ने पनि उहाँले बताउनु भयो । गठबन्धन बैठकमा एमालेको विद्रोहीका रूपमा सहभागी भएको उल्लेख गर्नुहुँदै उहाँले ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरू विद्रोही बनेको बताउनुभयो । उहाँले भन्नुभयो–‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् भन्ने कुरा पनि आएको छ । माधव नेपाल धोका दिने मान्छे होइन । मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुँदैन । केपी ओलीले राइटिष्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला । ओलीको धोकाले हामी होइन देशै हैरान भइसक्यो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*