भौतिक मन्त्रालय नपाए मन्त्रीको शपथ नखाने मनाङेको अडान

वेलकम खबर
असार १२, २०७८

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका खेलेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङेले प्रदेश सरकारमा भौतिक मन्त्रालय नपाए मन्त्रीको शपथ नै नखाने अडान लिएका छन् ।

प्रदेशमा नयाँ सरकार बनेलगत्तै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गुरुङसहित चारजनालाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्रालय बाँडफँडको टुंगो नलाग्दा उनीहरुको शपथ हुन सकेको छैन ।

शुक्रबार नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी तोकेर आइतबार शपथ खुवाउने तयारी भए पनि मन्त्री गुरुङले आफूले रोजेको मन्त्रालय नपाएका कारण शपथ नलिने अडान लिएका हुन् ।

शुक्रबारको निर्णयअनुसार कांग्रेसका कुमार खड्कालाई समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रका मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालय दिने टुंगो लगाइएको थियो ।

मन्त्री मनाङले गठबन्धन गर्दा जसपालाई अर्थसहित दुई मन्त्रालय र आफूलाई भौतिक मन्त्रालय दिने सहमति गरेको बताएका छन् । कांग्रेस र माओवादीले सहमति कार्यान्वयन नगरेर राजनीतिक बेइमानी गरेको उनको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*