तङरिदै ताप्लेजुङको दोभान बजार, सरकारको आश गर्न बेकार (भिडियो सहित )
दोभान । आगलागी भएको चार महिना सम्म दोभान बजार पुन निर्माण गर्ने शहरी मापदण्ड बनाउछु पुन निर्माणको लागि पर्खनुहोस भन्दा भन्दै सरकारी तवरबाट कुनै पहल कदमी नभएपछि आगलागी प्रभावितहरु आफै पूर्ननिर्माणको कामलाई तिब्रता दिएका छन ।
बर्खाको समय लागि सक्दा पनि सरकारी तबरबाट कुनै ठोस कदम तथा साथ सहयोग नपाएपछि आगलागी प्रभावितहरु आफैले घर निर्माणमा जुटेका हुन ।
आगलागी प्रभावित स्थानीय दिपक धितालले घर बनाउने कार्य बाध्यात्मक रुपमा आ आफनो तरिकाले सवैले अघि बढाएको बताउनुभयो ।

उहाँले आगलागीको बेलामा सरकारी उपस्थितिले जुन तरिकाले देखियो प्रभावितहरुले ठूलो आश गरेको थियो भन्दै प्रभावितहरुको कुरा सुृन्दै सो बेलामा हामी तपाईहरुको साथ छौ भनेर भन्नेहरु पनि हाल सम्म कोही पनि नआएको बताउदै देश विदेशबाट संकलन भएको राहत मात्रै पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो ब्यक्तिगत रुपमा घर बनाउने कार्य चार महिना सम्म मापदण्ड बनाउछु भनेर स्थानीय सरकारले रोक्यो ब्यक्तिहरुले घर बनाई सकेपछि मापदण्ड खुल्ला गरेको भनेर भन्छ कतिपयको घर बनाउन नसक्नेहरु अवस्था छन राहतको रुपमा दिएको बर्खाको समय छ टेण्ड पनि मक्किन थाल्यो खै सरकारको आस गर्न बेकास जस्तो लाग्नथाल्यो उहाँले भन्नुभयो ।
उहाँले दोभान बजारको लागि प्रदेश सरकारले ढल निकास र खानेपानी लागि बजेट विनियोजन गरयो अरे भनेर सुनेको तर स्थानीय सरकारले आगलागी प्रभावितको लागि बजेट विनियोजन गरेको नसुनेको दाबी गर्नुभयो ।
अर्का आगलागी प्रभावित कमलप्रसाद लिम्बुले विना सहयोग आफै दुख सुख घर बनाएको बताउदै सरकारी तवरबाट सस्तो ब्याजमा केही बर्षका लागि ऋण पाए राम्रो हुने धारणा राख्नु हुन्छ उहाँको आगलागी बाट दुईबटा घर जलेको थियो एउटा निर्मााण गरी सकेको र अर्का बनाउने ऋणको आवश्यक रहेको बतानुहुन्छ ।

त्यस्त अर्का आगलागी प्रभावित सुकवीर लिम्बुले सरकारी तबरबाट १५ हजार मात्रै पाएको बताउदै पैसा हुनेले घर बनाई सकेको तर नहुनेले अझ सम्म शुरु नगरेको बताउनुभयो ।
त्यस्तै आगलागी प्रभावित प्रेम न्यौपाने पनि पुन निर्माणको कामबाट निकै हर्षित हुन भएको छ डेरा गरी बस्ने उनी चाडै घर बनेमा पुरानै ब्यवसाय किराना तथा फलफुल सञ्चालन गर्ने बताउनुहुन्छ ।
जिल्लाकै दोश्रो ठुलो ब्यापारिक केन्द्र अन्यत्र बिस्तार हुने जोखिमलेपनि यहा“ ब्यवसाय सुरु भएको हो । दोभान बजारले मैवाखोला, मेरिङदेन, मिक्वाखोला र आठराई त्रिबेणी गाउ“पालिका धानेको थियो । यो जिल्लाको झण्डै आधा जनसंख्या रहेको क्षेत्र हो ।
यता गाउ“पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वरवहादुर आङदेम्वे अधिकांसले घर निर्माणको तयारी सुरु गरेको बताउनुहुन्छ ।‘ सडक फराकिलो बनाउने र ठाउ“ठाउ“वाट सडक निकाल्ने सहमती भयो,’ आङदेम्वेले भन्नुभयो पक्की पिलर र पहिलो तलामा इटा अनिवार्य गरेका छौं, त्यही अनुसार निर्माण हुन्छ ।’ गत फागुनमा आगलागी हुदा ५० वटा घर जलेको थियो । ६२ परिवार विस्थापित भएका थिए ।



















