ज्यानमार्ने धम्की आएको भन्दै ताप्लेजुङ मेरिङदेनका कर्मचारीद्धारा सुरक्षाको माग
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँ कार्यपालिकाको प्राविधिक कर्मचारीमाथि हिजो राती डेरामा सुतिरहेको अवस्थामा स्थानीय ब्यक्तिहरुले अमानविय ब्यवहार गदै गाँउपालिका छोड्न दिएको धम्की प्रति आपति जनाउदै जिउ धन सुरक्षाको लागि अपिल गरेको छ ।
मेरिङदेन गाँउपालिकाका २० जना कर्मचारीहरुले शुक्रवार विज्ञप्ती प्रकाशित गरी कर्मचारी सुति रहेको अवस्थामा राती ११: ३० बजे स्थानीय इकुू नामले चिनिने गणेश सिरेङ, कानुन सिरेङ, निरज सिरिङ, कुल विक्रम सिरेङ लगायतका व्यक्तिहरुबाट तथानाम गाली गलौज गरेको हामीले चाहेँ बमोजिमको काम तयार नगरे यो गाउँपालिकामा तिम्रो स्थान छैन, यो स्थानमा बस्नु पर्दैनू भनि धम्की दिएको अमानवीय कार्य साथै गाउँपालिकाको वडा नं ३ खाम्लुङमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्दै आएको मे१.ब.३२७ नं को सवारी साधन सान्थाक्रा स्वास्थ्य चौकी छेऊमा पार्किङ गरिरहेको अवस्थामा जङ्गल तर्फ लडाएको कार्य प्रति घोर निन्दा तथा भर्त्सना गर्दै मेरिङदेन गाउँपालिकाको कार्यालयका कर्मचारीहरुले असुरक्षित महशुस विज्ञप्तीमा उल्लेख छ ।
आफ्नो काम प्रति बफादार रही अहोरात्र खटिइने कर्मचारी आफ्नो काम सकेर कोठामा सुतिरहेको बेला ढोका खोलेर समेतको धम्की दिइएको हुनाले गाउँपालिकामा कार्यरत कर्मचारीहरुको जिउधनको सुरक्षा नै खतरामा परेको तथा कार्यालयमा काम गर्न नसक्ने डर त्रासको अवस्था सिर्जना भएको विज्ञप्तीमा जनाएको छ ।
आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना गर्दै आएको कर्मचारीमाथि भएको यस्तो अमानवीय कार्य प्रति हामी कार्यरत कर्मचारीहरुको जिउधनको सुरक्षाको प्रत्याभुति दिलाउनको लागि स्थानीय प्रशासन समक्ष माग गर्दछौं ।
गाउँपालिका स्थापना पश्चात राष्ट्रसेवक कर्मचारीहरु माथि पटक,पटक यस्ता घटना घट्ने क्रम निरन्तर भईरहेको हुँदा यसको दीर्घकालिन समाधानको लागि सम्पूर्ण जनप्रतिनिधि, राजनैतिक दल, स्थानीयवासी, बुद्धिजिवि तथा सम्बद्ध पक्षहरु सबैमा हार्दिक अपिल समेत गरेका छ ।



















