एचपीएफले दियो ताप्लेजुङ अस्पताललाई २० लाख

वेलकम खबर
असार ११, २०७८

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा कोभिड १९ को महामारी दिन प्रतिदिन बढदै गएको भन्दै यसका नियन्त्रणका लागि ह्युमन प्राक्टिस फाउन्डेसनले कोरोना नियन्त्रण गर्न ताप्लेजुङ जिल्ला अस्पताल तथा पालिकाहरुलाई स्वास्थ सामाग्री खरिद गर्नका लागि १९ लाख २० हजार रकम सहयोग गरेको छ ।

ह्युमन प्राक्टिस फाउन्डेसनले स्वास्थ्य सामाग्रीहरु एन्टिजेन्ट किट एक हजार थान, सिप्याक मेसिन ,विप्याक मेसिन एक, एक थान जिल्ला अस्पतालमा खरिदको लागि तथा पिसिई सेट ९० थान,फेस सिल्ड ९० थान,सर्जिकल माक्स ४५ प्याकेट,सेनिटाईजर ४५ लिटर ग्लोब्स ४५ प्याकेट,अक्सिमिटर ४५ थान,थर्मोमिटर खरिद गरी ताप्लेजुङका ९ वटै गाँउपालिकाका वितरण गर्नका लागि १८ लाख २० हजार ९०९ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

सो चेक ताप्लेजुङ अस्पताल ब्यवस्थापन समितिको संयोजक तथा जिल्ला समन्वय समितिको प्रमुख घनेन्द्र मादेनलाई एचपीएको तर्फबाट लेखा तथा प्रशासन अधिकृत दिवस भण्डारीले हस्तान्तरण गर्नु भएको हो । सो कार्यालयका कर्मचारीहरुले यस अघि एक लाख रक उठाएरजिल्ला अस्पताललाई वितरण गरेको थियो ।
जिल्ला अस्पतालको माग अनुसार स्वास्थ्य सामाग्री खरिदको लागि रकम हस्तान्तरण गरिएको हो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*