फुङलिङ नगरपालिकाले उत्कृष्ट १४ कर्मचारीलाई पुरस्कृत गरयो
ताप्लेजुङ । नगरपालिका भित्र बर्षभरीको उत्कृष्ट कार्य गरेको भन्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दशौं नगरसभामार्फत १४ जना कर्मचारीलाइ पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेमा लेखा अधिकृत तेजेन्द्र तामाङ,जनस्वास्थ्य निरीक्षक मौसम खवास,सव–इञ्जिनियर लोकेन्द्र बुढाथोकी,कम्प्युटर अपरेटर बसन्तराज सुनुवार,सिनियर अहेव लक्ष्मीमाया वनेम र सिनियर अनमी संगिता पतङ्वा लगायत रहनु भएको छ । यस्तै सह–लेखापालद्धय भोलानाथ सिग्देल र बिमल लिम्बू,खरिदार सचिन रेग्मी,अहेवद्धय देउमान गुरुङ र रुद्र कटुवाल,अनमी सजिना शेर्पा,असिष्टेन्ट सव–इञ्जिनियर हेमराज बिष्ट र कार्यालय सहयोगी पदम गिरी रहनु भएको छ ।
पुरस्कृत हुनेहरुलाइ नगरप्रमुख छत्रपति प्याकुरेल,उपप्रमुख बमबहादुर भट्टराई( तारा),प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्की लगायतले नगद पाँच हजार नगद दोसल्ला तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।



















