योगेश भट्टराईको टिप्पणी–अदालतले एमाले एकतालाई नै जोड दियो

वेलकम खबर
असार ८, २०७८

ताप्लेजुङ । नेकपा एमाले नेता योगेश भट्टराईले अदालतले एमाले एकतालाई नै जोड दिएको टिप्पणी गर्नु भएको छ । उहाँले यो एउटा पाठ पनि भएको बताउनुभएको छ ।
‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त’, उहाँले भन्नुभयो । ट्वीटरमा भन्नुभएको छ । ‘एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’

सर्वोच्च अदालतले केही दिनअघि एमालेको महाधिवेशन आयोजक समितिलाई मान्यता दिएको थिएन भने कारबाहीमा परेका कर्णाली प्रदेशका सांसद पुनर्बहाली भएका थिए । यस्तै एमालेभित्रकै विवादका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका बेला आज अदालतले यसलाई मान्यता नदिइ २० मन्त्रीलाई पदमुक्त गरिदिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*