एमालेको भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

वेलकम खबर
असार ८, २०७८

काठमाडौँ– सर्वोच्च अदालतले कर्णालीका चार जना नेकपा एमाले सांसदसम्बन्धी मुद्दामा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णालीका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन ९भ्याकेट० माथिको सुनुवाइपछि आज सर्वोच्चले यस्तो आदेश गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*