कर्मचारीमाथि हातपात गरेको भन्दै कारवाहीको माग

वेलकम खबर
असार ८, २०७८

ताप्लेजुङ । निर्माणाधिन पूर्वाधारको अनुगमन गर्न गएका कर्मचारीहरु माथि हातपात भएको भन्दै कर्मचारीहरुले घटनामा सम्लग्नहरुलाई कारवाहीको माग गरेको छ ।

आठराइ त्रिबेणी गाउँपालिकाको कार्यालयका कर्मचारीहरुले संयुक्त प्रेश बिज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाइ पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेका हुन् । सो पालिकाका कर्मचारीले कर्मचारी प्रति हातपात तथा दुरव्यवहार गर्ने उपर समयमै उचित कारवाही नभए अपराधिक मानसिकता भएका व्यक्तिहरुको मनोवल बृद्धि हुने बिज्ञप्तीमा उल्लेख गरेका छन् । दोषी माथि तत्काल कारवाही नभए दण्डहिनता मौलाउँदै जाने र इमान्दार कर्मचारीको मनोवलमा ह्रास आइ सेवा प्रवाहमा गम्भिर असर पर्ने कर्मचारीहरुले संयुक्त प्रेश विज्ञप्तीमार्फत कार्यस्थलमा सुरक्षाको प्रत्याभूत गरी सेवा प्रवाहमा सहजतापूर्वक खटिने वातावरण निर्माणका लागि सरकारसमक्ष माग गरेका छन् ।

आठराइ त्रिबेढणी गाउँपालिका वडा नं १ निघुरादिन स्थित परमसिंह माविको निर्माणाधिन भवनको अनुगमनका तथा सुझाव र निर्देशनका क्रममा पालिकाका इञ्जिनियर र असिष्टेन्ट सव इञ्जिजिनयर माथि वडा सदस्य मल्लराज पोमू सहितको सहभागितामा हातपात तथा दुरव्यवहार भएको दावी गरिएको छ । पालिकाका इञ्जिनियर बिशाल गुरुङ र असिष्टेन्ट सव इञ्जिजिनयर दिछेन शेर्पा माथि कार्यस्थलमै वडा सदस्य पोमू सहित स्थानीयहरुले हातपात तथा दुरव्यवहार गरेको भन्दै घटनामा संलग्न माथि कर्मचारीले कानुनी कारवाहीको माग गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*