काठमाडौंमा कुन बार के को पसल खुल्ने ?

वेलकम खबर
असार ६, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई बार अनुसार सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय मात्र रहेक समय सञ्चालन गर्न सकिने छ ।

यसबाहेक मापदण्ड पालना गरी खाद्यान्न, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म खोल्न सकिने छ ।

निर्माण जन्य सामग्रीका पसल, हाडवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेटिङ्ग, पसलहरु दैनिक विहान ११ बजे देखि साँझ ६ बजे सम्म खोल्न पाइने छ ।

काठमाडौं भित्र विकास निर्माणसँग सम्बन्धित ढुवानीका लागि प्रयोग हुने सवारी साधन बेलुका ९ बजे देखि विहान ५ बजे सम्म चल्न पाउने छन् ।

टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई बेलुका ७ बजे सम्म सञ्चालन गर्न सकिनेछ ।

बैंक, वित्तिय, सहकारी संस्थाहरु सिमित कर्मचारी राखेर दैनिक सञ्चालन गर्न पाइनेछ ।
कुन बार के खोल्ने पाइने स्

सोमबार, बुधबार र शुक्रबार स् विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म

सपिङ्ग मल
फेन्सी स्टोर
कपडा
जुत्ता पसल
कस्मेटिक पसल
आइतबार, मंगलबार र विहिबार स् विहान ११ बजे देखि दिउँसो ४ बजेसम्म

भाँडा र भान्साजन्य पसल
सुन पसल
अटोमोबाइल शोरुम
अटोमोबाइल पाटर्स
मोवाइल
कम्प्यूटर
ईलेक्ट्रिनिक्स तथा सोही प्रकृतिका अन्य पसलहरु
यसबाहेक सवारीसाधन मर्मत सम्बन्धी वर्कसप पसल दैनिक बेलुकी ७ बजेम्म सञ्चालन गर्न सकिनेछ ।

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न सकिने कुरामा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनस्वास्थ्यका मापदण्डपालना नगरि व्यापार व्यवसाय चलाए कानुन बमोजिम दण्ड जरिवाना हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*