मनोज गजुरेललाई सम्मान गदै सिरिजंघाले ल्यायो ५० करोड ५७ लाख रुपैंयाको बजेट

पालिका भित्रका एकजनालार्ई एमबीबीएस सम्म पठाउने
वेलकम खबर
असार ३, २०७८

ताप्लेजुङ। ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले चर्चित कलाकार मनोज गजुरेलाई सिरिजंघाको छोरा उपमाले सम्मान गर्ने घोषणा गदै आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ५० करोड ५७ लाख रुपैंयाको बजेट विहीबार ल्याएको छ ।

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङद्धारा पेश गरेको ४३ बुँदे निति तथा कार्यक्रममा पुराना कार्यक्रमलाई निरन्तरतासहित नयाँ कार्यक्रम समावेश गरेकोहो । भने उपाध्यक्ष ज्ञानमाया चौहानले बजेट पेश गर्नु भएको थियो ।
उपाध्यक्ष चौहानले आ.व.२०७८÷७९ को चालु र पुजीँगततर्फगरि ५० करोड ५७ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेका छन् । चालुतर्फ ६ करोड ७३ लाख ५० हजार र आर्थिक विकासतर्फ १ करोड ११ लाख विनियोजन गरेको छ । यसैगरि सामाजिक विकासतर्फ ३ करोड ७६ लाख,पूर्वाधार विकासतर्फ ९ करोड ९४ लाख ५० हजार र वन वातावरण तथा विपत व्यवस्थापनतर्फ ६० लाख रुपैयाँ विनियोजन गरेको छ । संस्थागत विकास तथा सेवा प्रवाहतर्फ २० लाख,समपुरक कोषतर्फ १ करोड र नेपाल सरकारबाट प्राप्त हुने सर्शत अनुदानवापत २३ करोड २५ लाख रहेको छ । समपुरक अनुदान १ करोड ३१ लाख,विशेष अनुदान १ करोड ६६ लाख,प्रदेश सरकारमार्फत समपुरक अनुदान १ करोड रहेको छ । ताप्लेजुङको सिरिजंघा ६ मांमाखेमा जन्मिएका गजुरेललाई सिरिजङ्घाको छोरो उपमाले सम्मान गदै गाउँपालिकाको सदभावना पर्यटन दुत समेत नियूक्त गरेको हो।

गाउँपालिकाले सिरिजङ्घाको शान,उद्यमशिल किसान, सिरिजङ्घाको गौरव कंञ्चनजंघा,गाउँमै रोजगार,गर्वको आधार,एक घर एक धारा,निशुल्क शिक्षा,हामी सबैको इच्छा जस्ता यसअघिका दर्जनौ कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आ।व।बाट १ जनालाई एमविविएस अध्यनका लागि वार्षिक १३ लाख रुपैयाँ विनियोजन गरेको छ । कक्षा–१० उत्तिर्ण ८ वटै वडाका १÷१ जनालाई आवाससहित निशुल्क रुपमा कृषि,पशु तथा प्राविधिक विषय पठनपाठन गर्ने व्यवस्थालाई निरन्तरता दिएको छ । विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास शिक्षक र कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि मासिक १५ हजार तलबको व्यवस्था गरेको छ ।

गाउँपालिकामा करिब ८३ जना शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि वार्षिक ८० लाख रुपैयाँ आवश्यक भएकाले उक्त रकम राजश्व बाँडफाँड र वित्तिय समानीकरणबाट व्यवस्थापन गरेको हो । दलित महिला तथा अपाङता भएका विद्यार्थी लक्षित गरि चालु आ।व।देखि स्नातक अध्यनका लागि उपाध्यक्ष छात्रवृत्ति कार्यक्रम समावेश गरेको छ । वडा नं १ स्थित सिनाम वहुमूखी क्याम्पसमा विविएस र विएड अध्यन गर्न चाहेमा सबै खर्च गाउँपालिकाले वेहोर्नगरि बजेट विनियोजन गरेको छ । निशुल्क शिक्षा,सबैको इच्छा नारा लिएको पालिकाले गत आ।व देखि गाउँपालिकामा कक्षा–१२ सम्मको पठनपाठन निशुल्क गरेको थियो ।

गाउँपालिकामा भएका ९ वटा माविमा अध्यनरत कक्षा–१० मा अध्यनरत विद्यार्थीलाई लक्षित गरि २ महिना निशुल्क कोचिङ कक्षाका लागि बजेट विनियोजन गरेको छ । प्रत्येक वडामा होस्टेल सुविधासहितको माध्यमिक विद्यालय संञ्चालन गर्नेगरि भएका विद्यालयको स्तरोन्नती गरेर एक वडा,एक माविको अवधारण अघि सारेको छ ।

यसैगरि जिरो होम डेलीभेरी गाउँपालिका घोषणा गर्न १ वडा १ वर्थिङ सेन्टर अभियानअन्तर्गत चालु आ।व।मै मामाखे र खेवाङमा स्थापना गर्ने भएको छ । गाउँपालिकास्थित ६ वटा वडाका वडा भवन र प्रमूख प्रशासकीय भवन आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ । सिप सिकौ,रोजगार बनौ भन्ने अभियान सार्थक बनाउन सेनिटरी प्याड लघु उद्यम,जुत्ता चप्पल लघु उद्यम र ढाका कपडा लघु उद्यम स्थापनाका लागि सहयोग गर्न मेसिनरी औजारसहित अनुदान उपलब्ध गराउने भएको छ । तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन तथा निकासीको सम्भावना बलियो बनाउनेगरि ५ सय ५० जना किसानसँग लागत साझेदारीमा टनेल खरिद तथा वितरण कार्यक्रम समावेश गरेको छ ।

मामाखे र सिकैचामा बाख्रा,आम्वेगुदिन र पेदाङमा किबी,खेवाङ र याम्फुदिनमा चौरी र सिनाम र तेल्लोकलाई मकै पकेट क्षेत्र बनाउने नीति तथा कार्यक्रममा समावेश गरेर बजेट विनियोजन गरेको छ । गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार बजेट सिप र उत्पादनसँग जोडिने गरिको भएको बताए । प्रमूख प्रशासकीय अधिकृत घिमिरेले भने,“गाउँमै बजेट परिचालन हुनेगरिको कार्यक्रम भए अपनत्व हुन्छ । त्यही भएर कार्यक्रमप्रति सबैको सरोकार बनेको छ ।”

 गाउँपालिकाको नाम संशोसधनका लागि कार्यदल गठन
गाउँपालिकाको नाम संसोधनका लागि सरोकारवालाको प्रतिनिधित्व हुनेगरि कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलको सुझावलाई एकिकृत गरेर गाउँपालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत संघिय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*