बाइडेन–पुटिन भेटवार्ता सौहार्द, तर तनाव कम गर्ने दिशामा ठोस उपलब्धी बिहीन

वेलकम खबर
असार ३, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुबिचको भेटको प्रशंसा गरेका छन् । तर दुई देशबिच जारी मतभेद र तनाव अन्त्यका लागि भने निकै कम मात्रै प्रगति भएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबिच जेनेभामा भेतवार्ता भएको हो । सन् २०१८ यता दुई देशका नेताबिच भएको यो पहिलो वार्ता हो ।

मतभेदहरु वार्ताको क्रममा राखिएको अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् । मतभेदहरु अतिशयोक्तिपूर्ण तवरले नराखिएको पनि बाइडेनले बताएका छन् । रुस अर्को शितयुद्धको पक्षमा नरहेको पनि बाइडेनले भेटपछि बताए ।

रुसी राष्ट्रपति पुटिनले बाइडेन अनुभवी राजनीतिज्ञ रहेको र आफूहरुबिच वार्ताको क्रममा ‘भाषिक समानता’ रहेको बताए । बाइडेन र पुटिनबिच तीन घण्टा भेटवार्ता भएको हो । तयारी गरिए भन्दा यो छोटो अवधि हो ।

कुराकानी गरेर थप समय खर्चिनुको आवश्यक नरहेको र रुससँगको सम्बन्ध सुधार हुने कुनै ठोस सम्भावनाहरु पनि नपाइएको बाइडेनले बताए ।

बाइडेनले पुटिनलाई कस्टम मेड एभिएटर सनग्लासेज दिएका थिए । तर पुटिनले बाइडेनलाई कुनै उपहार दिए नदिएको स्पष्ट छैन ।

सन् २०१८ मा पुटिनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिनल्याण्डको हेलसिन्कीमा भएको भेटपछि फुटबल उपहार दिएका थिए ।

बाइडेन र पुटिनको भेटमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा वार्ता जारी राख्ने सहमति भएको छ । यस्तै अमेरिका र रुसले पुनः आआफ्ना राजदूतहरु पठाउने भएका छन् । गएको मार्चमा दुवै देशले आफ्ना राजदूत फिर्ता बोलाएका थिए ।

तर अमेरिकी कम्पनी तथा सरकारी निकायमा हुँदै आएका साइबर आक्रमण, युक्रेन तथा रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका सम्बन्धमा खासै सुधार हुन सकेन । हाल नाभाल्नी साढे दुई वर्षको जेल सजाय काटिरहेका छन् । नाभाल्नीको जेलमै निधन भएको खण्डमा रुसले गम्भीर परिणामको सामना गर्नु पर्ने बाइडेनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु