एमाले नेता झलनाथ खनाल आज भारत जाँदै
वेलकम खबर
असार २, २०७८
काठमाडौ । नेकपा एमालेका नेता झलनाथ खनाल आज भारत जाँदैछन् । उनको सचिवालयका अनुसार उनी दिल्ली जान लागेका हुन्।
काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना गरिएका उनलाई थप उपचारका लागि बुधबार दिउँसो साढे १२ बजे दिल्ली लान लागिएको उनको सचिवालयले जानकारी दिएको छ।



















