स्थायी कमिटी तयारीको पूर्वसन्ध्यामा वामदेवकहाँ पुगे विष्णु पौडेल

वेलकम खबर
जेष्ठ ३१, २०७८

काठमाडौं : नेकपा एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि दोस्रो तहका नेताहरु सक्रिय रहेका छन्। यही क्रममा उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेल नेता वामदेव गौतम भेट्न पुगेका छन्।

माधव नेपाल र झलनाथ खनालसहितको स्थायी कमिटि बोलाउने तयारी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरिएको पूर्वसन्ध्यामा पौडेलले गौतमलाई भेटेका हुन्। वामदेव निवास भैसेपाटीमा पुगेर पौडेलले भेटेको नेता सुवास नेम्वाङले पुष्टि गरे।

भेटको कारण र के कुराकानी भयो भन्नेबारेमा भने उनले खुलाएनन्। माधव पक्षले नयाँ पार्टी खोलेमा आफ्नो साथ रहने वामदेवले बताएका थिए। नेता नेम्वाङले भने वामदेव आफ्नो पक्षका नेताहरुसँग सम्पर्कमा रहेको बताएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*