ताप्लेजुङ केही खुकुलो बनाउदै, थपियो एक हप्ता

वेलकम खबर
जेष्ठ ३०, २०७८

ताप्लेजुङ। ताप्लेजुङ फुङलिङ बजार केही खुकुलो बनाउँदै असार ७ सम्मका लागि निशेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि ६ बजे देखि १० बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि मध्यान्ह १२ बजे सम्म खुल्ने भएका हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना संक्रमणको महामारीको अवस्थामा क्रमशःसुधार आएपनि संक्रमणको अवस्था पूर्णतया सुधार भईनसकेकोले निशेधाज्ञाको अवधि थप एक हप्ताको लागि बढाइएको जानकारी दिनुभयो ।

प्रजिअ पाण्डेका अनुसार बैंकहरुको सेवा बिदाका दिन बाहेक अरु दिन बिहान १० बजे देखि अपरान्ह २ बजे सम्मका लागि कायम गरिएको छ । अत्यावश्यक काम परेको अवस्थामा अब अरु सरकारी कर्मचारीले पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बढीमा एक चौथाइ कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न सकिने भएको छ । यातायात,शैक्षिक संस्था,अत्यावश्यक काम मानिसको अनावश्यक हिड्डुल माथिको प्रतिवन्ध भने कायम गरिएको छ । आर्थिक बर्षको समाप्तीको अवधि पनि हुन लागेकोले योजनाको अन्तिम भुक्तानी लगायतलाइ ध्यानमा राखेर सरकारी कार्यालयहरुमा अत्यावश्यक कामहरु गर्न सकिने तर ति सबै कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना अनिवार्य गरिएको समेत प्रअिज पाण्डेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*