प्रचण्ड,बाबुराम,उपेन्द्रको माधवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

वेलकम खबर
जेष्ठ ३०, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाएपछि जेठ ७ गते राष्ट्रपतिसमक्ष नयाँ दाबी गर्ने सन्दर्भमा सांसदहरुको दस्तखत सँकलन र १० गते सर्वोच्चमा हालिने रिट निवेदन तयारीवीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा नेता डा: बाबुराम भट्टराईसहित उपेन्द्र यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरेको तथ्य बाहिर आएको छ ।

विशेषगरी नेपालनिकट केही युवा सांसदले काँग्रेस सभापति शेरबहादुरको नेतृत्वमा नयाँ सरकार बनाउन अनिच्छा देखाएको बुझेपछि उहाँहरुले उक्त प्रस्ताव गर्नुभएको बताइन्छ । नेपालनिकट एकजना नेताले भने ‘भट्टराई र प्रचण्ड माधवलाई अगाडि सारेर जाऊँ भन्नेमा हुनुहुन्थ्यो तर शेरबहादुर मान्नुभएन । मेरै नाममा हुनुपर्छ भनेर अडान लिनुभयो । जुन कुरो एमालेका केहि नेतालाई थाहा छ ।’

उक्त अवस्थालाई नजिकबाट नियालेका एमालेका केही युवा नेताले अहिले आएर आफूहरुले देउवाको नेतृत्वमा हस्ताक्षर नगरेको भन्दै पन्छिनु गलत भएको उनको बुझाई छ । देउवाले चट्टानी अडान लिएपछि ‘त्यसो हो भने ओलीको सर्वसत्तावादलाई फाल्न ठीकै छ त,देउवालाई नै भएपनि अघि सारौं भन्न नेपाल बाध्य हुनुभएको’त्यहि समूहको बुझाई छ ।

त्यतिबेला प्रचण्ड र भट्टराईले नेपाललाई अघि सार्दा एमालेका साथीहरुलाई ऊर्जा मिल्ने भन्दै उक्त प्रस्ताव अघि सार्नुभएको थियो । केही समय अघिसम्म नेपाल(खनाल पक्षमा रहेका ३८ जना सांसदको भावनालाई समेट्न उहाँहरुले उक्त प्रस्ताव गरेको स्रोतको दाबी छ ।

राष्ट्रपतिले यिनीहरुले संख्या पुर्याउन सक्दैनन् भनेर २४ घण्टाको मात्र समय दिनु,त्यही अवधिमा पनि १४९ को हस्ताक्षर जुट्नु अकल्पनीय घटना थियो यसर्थ प्रधानमन्त्री ओली मार्गप्रशस्त गरेँ भन्दाभन्दै पनि देउवाभन्दा अगाडि नै हस्ताक्षरविनाको एकमुष्ट निवेदन बोकेर शीतल निवास छिर्नुभयो । पछिल्ला दिनमा उहाँलाई सर्वोच्चलेको फैसला आफ्नो पक्षमा आउँदैन भन्ने लागिसकेको छ । त्यसैले निकट बुध्दिजीवीलाई सरकारी सञ्चार माध्यममा ‘संसद पुनर्स्थापना हुँदै हुँदैन’ भन्न लगाइएको छ । यी सबै गतिविधिबाट संसद पुनर्स्थापना हुनेतिर अदालत गइसकेको बालुवाटारको प्रारम्भिक निचोड निस्किसकेको बुझ्न गाह्रो छैन ।जनआस्थाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*