सुर्खेतमा ज्ञानेन्द्र शाहीको टोलीमाथि कसले गर्यो आक्रमण ?
काठमाडौं । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका ज्ञानेन्द्र शाहीको टोलीमाथि आक्रमण भएको छ ।राहत बाँड्न भन्दै सुर्खेतमा पुगेका ज्ञानेन्द्र शाहीमाथि शुक्रबार राति आक्रमण भएको शाहीले जानकारी दिएका छन् ।
शाहीले राहत बाँडेर फर्कने क्रममा राति एक समूहबाट आक्रमणमा परेको बताएका छन् । आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खडका, लोक बहादुर रोकाय , शान्त शर्मा, सीता आचार्य, महेश बीसी खगेन्द्र बजगाई लगायतको टोलीमाथि आक्रमण भएको जानकारी दिएका छन् ।
शाहीको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक बहादुर शाहीले पुष्टि गरे । शाहीका अनुसार शुक्रबार राति १० बजेतिर वीरेन्द्र नगरको करेखोलामा शाहीको टोलीमाथि आक्रमण भएको थियो ।
मदिरा सेवन गरेको समूहले शाहीको टोलीमाथि आक्रमण गरेको प्रहरी निरीक्षक शाहीले बताए । आक्रमणमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
शाहीले गम्भीर घाइते भएको भन्दै सामाजिक सञ्जालमार्फ प्रचार गरिएको भए पनि उनी सामान्य घाइते रहेको प्रहरी निरीक्षक शाहीले बताए ।



















